संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी नेतृत्वको प्रहरी टोली खटिएको छ । मंगलबार दिउँसो घटनास्थलको मुचुल्का गरी शव उठाएर पोस्टमार्टम गर्न धरान पठाइएको हो ।
प्रहरीले घटनाको अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ । एसपीले घटनाको विषयमा मिहिन ढंगले अनुसन्धान सुरु गरिएको बताएका छन् । मादी नगरपालिका–१, खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको अवस्थामा सोमबार बिहान घरभित्र, नजिकै बाटो र खेतमा शव फेला परेको थियो । कान कम सुन्ने र आँखा धमिलो देख्ने बौदमानबाहेक घरका सबैको हत्या भएको हो ।
उनकी ८४ वर्षीया श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर र उनकी ५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र सात वर्षीया नातिनी गोमाको शव अलग–अलग ठाउँमा भेटिएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्