२०८३ जेष्ठ १, शुक्रबार

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीज मनाउन मुख्यमन्त्री शाक्यको आग्रह

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कोरोना संक्रमण निमन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीज मनाउन आग्रह गरेकी छिन् ।

उनले बिहीबार एक शुभकामना सन्देश जारी गर्दै विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्य सम्वन्धी सुरक्षाका मापदण्ड अपनाएर तीज तथा अन्य चाडपर्व मनाउन आम नागरिकहरुलाई आग्रह गरेकी हुन् ।उनले चाडपर्व मनाउने शैली समय अनुसार परिवर्तन हुँदै गएकाले आफ्नो मौलिक संस्कृति तथा परम्पराहरूलाई संरक्षण र प्रवर्द्धन गर्ने गरी चाडपर्व मनाउन समेत अनुरोध गरेकी छिन् ।

उनले शुभकामना सन्देश मार्फत् तीजले नेपाली महिलाहरुलाई समाजमा विद्यमान लैंगिक विभेद, जातीय विभेद लगायत सबै प्रकारका असमानताहरुको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरिन् ।

प्रतिक्रिया लेख्नुहोस्