२०८३ जेष्ठ ३, आइतवार

प्रधानमन्त्री देउवा छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताएका छन् । उनले नेताहरुसँग मन्त्री बन्नेहरूको नामावली मागेको जनमोर्चाकी उपाध्यक्षले जानकारी दिएकी छन् ।

शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकको सुरुमै देउवाले आफू मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको भन्दै नाम दिन नेताहरुलाई आग्रह गरेका थिए ।

मन्त्रालयगत रुपमा छलफल नभएपनि देउवाले मन्त्रीको नाम मागेपछि गठबन्धन बैठक साँझ ६ बजे पुनः बस्नेगरी टुंगिएको उनको भनाइ छ ।

 

प्रतिक्रिया लेख्नुहोस्