सर्वोच्च अदालतको फुल कोर्ट बैठक बस्दै छ । प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्चका सबै न्यायाधीश हुने ‘फुलकोर्ट’ बैठकमा अनौपचारिक रूपमा प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको विषय छलफलको विषय बने पनि औपचारिक रूपमा भने नियमित विषयमा मात्र छलफल हुने स्रोतले जानकारी दिएको छ ।
सर्वोच्चका एक अधिकारीले भने,“दसैँअघि बस्ने यो नै अन्तिम फुलकोर्ट हुने भएकाले दसैँको शुभकामना आदानप्रदान आजै हुन्छ, सँगै दसैँमा अदालत कति दिन बन्द रहने र त्यस अवधिमा के–के काम नरोकिने भन्ने विषयमा पनि फुलकोर्टले निर्णय गर्नेछ । त्यसबाहेकका समसामयिक विषयहरू अनौपचारिक छलफलका विषय बन्न सक्छन् ।”
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने विषयमा सर्वोच्चको विज्ञप्ति आइसकेकाले त्यसबारे औपचारिक छलफल र निर्णय नहुने उनको अनुमान छ ।







प्रतिक्रिया लेख्नुहोस्