२०८३ जेष्ठ २, शनिबार

माओवादीको प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने

माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ ।

माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसमा सुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुनेछन् ।सम्मेलनमा आयोजकबाट १ सय ७९, सल्लाहकारबाट १ सय ४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १ सय २५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १ सय २, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९ सय ८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी एक हजार ५ सय ३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिएका छन् ।

राष्ट्रिय सम्मेलनबाट ११-१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने जानकारी दिएका उनले सम्मेलनको तयारी भइसकेको जानकारी दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन तयार पारिरहेका उनले बताएका छन् । सो प्रतिवेदन स्थायी कमिटीमा छलफल हुने छ । उनले राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने बताएका छन् ।

ठूलो पार्टीबाट माओवादी सानो हुँदा संसदीय राजनीतिमा भोगेका विषयमा समीक्षा हुने जानकारी दिएका उनले यसमा आफू कमीकमजोरी औँल्याउने बताएका छन् । साथै सम्मेलनले पार्टीलाई एकढिक्का बनाउने उनको विश्वास छ । १५ सय ३३ जना सहभागी हुने महाधिवेशनका लागि अहिले काठमाडौं छिर्ने स्थानमा मुख्य द्वार निर्माण भइरहेको, आकाशे पुलमा गेट, ब्यानर राख्ने काम भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्