२०८३ जेष्ठ ५, मङ्लबार

नेम्वाङ माओवादी प्रदेश १ अध्यक्षमा निर्वाचित

नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटी अध्यक्षमा हर्कबहादुर नेम्वाङ  विजयी भएका छन्। बुधबार राती सम्पन्न निर्वाचनमा अर्थमन्त्री जनार्दन शर्मा निकट नेम्वाङ १ सय ६९ मत पाएर प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षका अर्का प्रत्यासी पूर्व अर्थमन्त्री वर्षमान पुन निकट मुक्साहाङ मेन्याङ्बोले जम्मा ६४ मत पाए। प्रदेश कमिटि उपाध्यक्षमा मणिकुमार साम्पाङ १ सय ११ , देवान चाम्लिङ पृथ्बी १ सय २० र शिवकुमार डाँगी १ सय १३ मत पाएर विजयी भए।  सचिवमा गणेश उप्रेती १ सय ४८, सह–सचिवमा कुमारी राई १ सय १४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ भोट सहित निर्वाचित भए।

यस्तै, कोषाध्यक्षमा ९३ भोट पाएका रेवतराज पुरी विजयी भए । माओवादी प्रदेश कमिटिको ९ जना पदाधिकारी चयनका क्रममा सर्वसहमतीको लामो प्रयास असफल भएपछि चुनाव भएको हो । पदाधिकारीमा २९ जनाको उमेदवारी परेको थियो । २ सय ४० जनाले मतदान गरेका थिए भने १९ जना अनुपस्थित भएका थिए ।

प्रदेश कमिटि अध्यक्षका आकांक्षी इन्द्र आङ्वो, सुरेशकुमार राई ९हिमाल० र हेमराज भण्डारी पछि हटेका थिए।

प्रतिक्रिया लेख्नुहोस्