नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा जारी छ । बैठकमा क्लस्टरअनुसार सदस्यको चयन लगायतका विषयमा छलफल भइरहेको छ ।
स्थायी कमिटी बैठकलगत्तै आज बिहान ११ बजे बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा नेता देव गुरुङले विधानमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन् । गुरुङले जवाफ दिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ ।
माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ।







प्रतिक्रिया लेख्नुहोस्