२०८३ असार २०, शनिबार

राष्ट्रियसभा बैठक पुस २७ का लागि सारियो

पुस २५ गते बस्ने तय भएको राष्ट्रिय सभाको बैठक दुई दिन पछाडि सारिएको छ।

अर्को बैठक पुस २७ गते दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदका महासचिवले एक सूचना प्रकाशित गर्दै जानकारी दिएका छन्। यसअघि पुस ५ गते राष्ट्रिय सभा बैठक बसेको थियो।

एमालेका सांसदहरूले अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्