२०८० चैत्र १३, मङ्लबार

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने निर्वाचित

चितवन क्षेत्र नं-२ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।

लामिछानेले ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ । उनले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४९ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा ६७.३ प्रतिशत अर्थात् ८४ हजार तीन सय १५ मत खसेको थियो । लामिछानेलाई निकटतम् प्रतिस्पर्धी पोखरेल र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिएका छन् । सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्