२०७९ मंसिर १२, सोमवार
Election commission

रौतहट-१ बाट माधव नेपाल निर्वाचित

रौतहटको क्षेत्र नं १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् ।

नेपालले ३३ हजार पाँच सय २२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजय कुमार गुप्ताले २६ हजार नौ सय २२ हजार मत ल्याएका छन् ।

नेपालले एमालेका गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौँ २ मा विजयी भएका नेपाल नयाँ दल खोलेर निर्वाचित भएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्