२०८३ असार २०, शनिबार

काठमाडौं–२ बाट निर्वाचित सांसद सोविता गौतमको चुनावी खर्च कति?

प्रतिनिधिसभा सदस्यमा काठमाडौं–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएकी छिन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणमा उनले चुनाव खर्च ३ लाख ७१ हजार रुपैयाँ भएको उल्लेख गरीकी हुन् ।

निर्वाचनको दौरानमा तीन लाख हाराहारीमा खर्च भएको हुनसक्ने यसअघि उनले दाबी गर्दै आएकी थिइन् । कार्यालयमा बुझाएको विवरण अनुसार सबैभन्दा बढी खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख छ । यसैगरी गाडि रिजर्ब गर्दा ७८ हजार, पेट्रोलरडिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

त्यस्तै कार्यालय स्थापना, मतदाता नामावली खरिद, कार्यालय भाडा, कर्मचारी, फ्लेक्स प्रचार सामाग्रीलगायतमा एक लाख तीन हजार खर्च भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्