२०८३ बैशाख १३, आइतवार

कैलालीमा दुई समूहबीच झडप हुँदा चक्कु प्रहारबाट एक युवकको मृत्यु

कैलालीको टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

दुई समूहबीच झडप हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान जारी रहेकोे उहाँले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्