२०८३ असार १९, शुक्रबार

‘तिम्रो याद’ सार्वजनिक

अमेरिकाको पेन्सलभेनिया निवासी गायक वीरेन रसाइलीको स्वरमा रहेको गीत ‘तिम्रो याद’ को भिडियो सार्वजनिक भएको छ ।

कवाली शैलीको गीतमा गायक तथा संगीतकार सिडी विजय अधिकारीको संगीत, दिलिप घिमिरेको शब्द र देवेन्द्र नेवाको संगीत संयोजन छ ।म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी र अमिषा सुवेदी फिचर्ड छन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन र प्रकाश धितालको निर्देशन छ । भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्