२०८३ बैशाख २६, शनिबार

ओली रातारात शीतलनिवासमा, दुई घण्टा राष्ट्रपति भण्डारीसँग के-के भयो छलफल?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेर राजधानी फर्किँएका थिए ।

काठमाडौँ ओर्लेर उनी आफ्नो निजी निवास बालकोट नगई सिधै राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ लागेका थिए ।ओलीले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल गरेका थिए । उक्त भेटमा भएको छलफलबारे  शीतलनिवास र बालकोट स्रोतले केही पनि सार्वजनिक गर्न चाहेको छैन ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीचको भेटवार्ता नेकपा एमालेको आन्तरिक विषयमा केन्द्रित रहेको बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्