नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाउँ गाउँमा प्रतिगामीका मतियारहरु केपी ओली र कमल थापाको आतंक रहेको आरोप लगाएका छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
साथै उनले हिजो जनयुद्धमा लडाईंमा शहिद बन्न पाइन भनेर गुनासो गर्नेहरु अहिले पद पाइएन, पैसा पाइएन, मन्त्री पाइएन भनेर रुने गरेको बताएका छन् ।अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष दाहालले लडाईंंका क्रममा मर्न तयार भएर अग्रसर हुनेहरु अहिले पद, पैसा, कमिसनको लोभमा फसेको बताएका छन् । उनले माओवादीमा उच्च पदमा पुग्नेहरु दलाल बनेको पनि दाबी गरेका छन् ।
अध्यक्ष दाहालले नेकपा भएको अवस्थामा आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफू भगत सिंहको चलचित्रमा चन्द्रशेखरजस्तै आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताएका छन् ।

oli dahal thapa




प्रतिक्रिया लेख्नुहोस्