नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका प्रभु साहले एमालेको विधान महाधिवेशन बहिस्कार गरेका छन् । उनले एमालेको विधान महाधिवेशनमा आफ्ना मागहरू पूरा नभएको भन्दै बहिस्कार गरेका हुन् ।
यसअघि उनले एमाले तत्कालीन नेकपाकै निरन्तरताका रूपमा अगाडि बढाउनु पर्ने माग राखेका थिए । त्यसअघि उनले आफ्नो नेतृत्वमा आइटी आर्मी बनाएका थिए । यो आइटी आर्मीलाई पनि नेकपा एमालेले वैधानिकता दिनु पर्ने उनको माग थियो ।
तर, यसलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन नगरेको आरोप उनले लगाएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्