नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । आजको बैठकमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु सहभागी छन् ।
नवनिर्वाचित नेतृत्वलाई निर्वाचन समितिले आज शनिबार नै प्रमाणपत्र प्रदान गरेको छ । प्रमाणपत्र वितरणपछि केन्द्रीय समितिको बैठक सुरु भएको हो । कांग्रेसमा १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएर बनेको छ । त्यस्तै निर्वाचित एक केन्द्रीय सदस्यलाई सभापतिले कोषाध्यक्ष बनाउने वैधानिक प्रावधान छ ।
त्यस्तै ३३ जना सदस्य मनोनीत पनि सभापतिले गर्ने व्यवस्था छ ।







प्रतिक्रिया लेख्नुहोस्