नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भएको छ ।
अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, छ उपाध्यक्ष, महासचिव एक, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारी रहने विधानमा प्रस्ताव गरिएको छ । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्द सत्रमा नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।
पदाधिकारी समावेशी बनाइने गुरुङको प्रस्ताव छ । केन्द्रीय कमिटीको १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्