२०८३ असार २०, शनिबार

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले बुधबार भएको मतदानमा ६४ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गगनकुमार थापाले भने २५ मत ल्याए । देउवा ३९ मतान्तरले विजयी भएका हुन् ।

संसदीय दलको चुनावमा ८९ जना कांग्रेस सांसदले मतदान गरेका थिए । संसदीय दलको नेता चुनिएसँगै देउवालाई नयाँ प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

प्रतिक्रिया लेख्नुहोस्