२०८३ असार २०, शनिबार

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारसँग प्रधानमन्त्री प्रचण्डको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारसँग भेट गरेका छन्।

आज बिहान महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले शव पहिचानको स्थितिबारे जानकारी लिँदै मृतकका परिवारप्रति समवेदना व्यक्त गरे। त्यसक्रममा उनले शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन्।

साथै शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्