२०८३ बैशाख १९, शनिबार

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–३ कमलपुरमा दुर्घटना हुँदा २७ वर्षीय जीवन लिम्बूको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षकले जानकारी दिएका छन् ।

उनका अनुसार लिम्बू प्रदेश १–०२–०४४ प ६०१८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए । लेटाङ–कानेपोखरी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकल खाल्डोमा परेर अनियन्त्रित हुँदा मंगलबार दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २३ वर्षीय अजित लिम्बूको नोबेल अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्