२०८३ बैशाख १९, शनिबार

हिमपातका कारण भिमदत्त राजमार्ग राजमार्ग अवरुद्ध

मंगलबार रातिदेखि परेको पानीका कारण सुदूरपश्चिमका उच्च हिमाली भेगमा हिमपात भएको छ । घना जंगल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि अत्याधिक चिसो बढेको हो ।

सुदुरपश्चिमका डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च हिमाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा रातिदेखि हिमपात सुरु भएपछि राजमार्ग अवरुद्ध भएको छ । सवारीका साधन राजमार्गमै रोकिएका कारण त्यसमा सवार यात्रुहरूलाई निकै समस्या भएको छ ।

भिमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा बुधबार बिहानै देखि सडक अवरुद्ध भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । उनले अबरुद्ध सडक सुचारू गर्न जेसिबी पठाइएको बताएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्