२०८३ बैशाख १८, शुक्रबार

कपिलवस्तुमा ट्याक्टर पल्टिँदा दुईजनाको घटनास्थलमा मृत्यु

कपिलवस्तुमा ट्याक्टर पल्टिँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३, रनगाईमा लु४त २४०२ नम्बरको ट्याक्टर आज बिहान दुर्घटना भएको थियो ।

बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्थानीयवासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जानकारी दिएका छ । यसैगरी, घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण ट्याक्टर दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया लेख्नुहोस्