नेपाली र भारतीय नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । सदरमुकाम परासीका केहि पसलमा नक्कली नोट सटही गरेको भन्ने सूचनाको आधारमा बुधबार जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं। १२ बस्ने रसिद मोहम्मद र कपिलवस्तु शुद्धोदन गाउँपालिका वडा नं। २ नन्दपुर बस्ने जमाल मुसलमान रहेका छन् । उनीहरुलाई रामग्राम नगरपालिका वडा नं. ५ बद्धचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनीहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारतीय १ सयको ३ थान र भारतीय ५० को १७ थान नक्कली नोट बरामद गरिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्