२०८३ बैशाख १३, आइतवार

अभिनेत्री वर्षा साउर्देन एकेडेमीले ब्राण्ड एम्बेस्डरमा नियुक्त

अभिनेत्री वर्षा सिवाकोटीलाई साउर्देन एकेडेमीले ब्राण्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ । एकेडेमीका निर्देशक सुरज रायमाझीले वर्षालाई ब्राण्ड एम्बेस्डरको रुपमा स्वागत गरेका थिए । वर्षा यही एकेडेमीको प्रमोसनका लागि बुधबार बुटवल पुगेकी छिन् ।

गुणस्तरीय शिक्षाका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुका लागि आफू एकेडेमीको ब्राण्ड एम्बेस्डर बन्न पाउँदा खुशी लागेको वर्षाले बताइन् । उनले विदेशमा गएर अध्ययन गरेपनि नेपालमै आएर पढेको कुरा व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिइन् ।

एकेडेमीका निर्देशकले वर्षाको युवापुस्तामाझ लोकप्रियता देखेर नै ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको बताए । यो एकेडेमीका दुईवटा कलेज अष्ट्रेलियामा सञ्चालित छन् ।

प्रतिक्रिया लेख्नुहोस्