२०८३ असार १२, शुक्रबार

पशुपतिनाथको मूल मन्दिर बन्द

काठमाडौं उपत्यकामा कोरोनाभाइरस तीव्र गतिमा बढेसँगै पशुपतिनाथको मूल मन्दिर बन्द गरिएको छ । आजदेखि पशुपतिनाथको मूल मन्दिर र गुह्वेश्वरी मन्दिर बन्द गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले नित्य पूजाबाहेक अरू सबै पूजा बन्द गरिएको जानकारी दिएका छन् ।

‘‘अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेका छौँ । कोरोना महामारी तीव्र गतिमा फैलँदा भिडभाडजन्य गतिविधि रोकथाम गर्न मन्दिर बन्द गरिएको हो,” कार्यकारी निर्देशकले भने ।

प्रतिक्रिया लेख्नुहोस्