२०८३ असार १२, शुक्रबार

४ किलो गाँजासहित एकजना पक्राउ

प्रहरीले चार किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मनहरी गाउँपालिका -९ का ४९ वर्षीय रामबहादुर घलान रहेका छन् । प्रहरीले उनको घुम्ती पसलबाट ४ किलो गाँजा बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्लाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्