जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । वीरेन्द्र नगरपालिका–११ पिपिराचोकबाट तीनजनालाई र शान्ति टोलबाट दुई जनालाई पक्राउ गरेको हो । बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ बस्ने २२ वर्षीय गौरव सुनार, ४६ वर्षीय लीलाराम पुरी र २४ वर्षीय महेश सुनार छन् । उनीहरूबाट प्लाष्टिकसहित ३०० (तीन सय) मिलिग्राम र प्लाष्टिकबाहेक शुद्ध २०० (दुई सय) मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकी छन् ।
त्यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका(९ शान्ति टोलबाट कर्णाली प्रदेश लागुऔषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सोही ठाउँका २५ अजयसिंह चौधरी र २५ वर्षीया राजु गाइनलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । उनीहरूबाट प्लाष्टिकसहित ३७० मिलिग्राम र प्लाष्टिकबाहेक शुद्ध १६० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरी जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्