ललितपुर । ललितपुरमा एकै परिवारका पाँच जनाको निसासिएर ज्यान गएको पुष्टि भएको छ ।
बेहोस भएका २२ वर्षका सुभाष तामाङको उपचारमा संलग्न ललितपुरको पाटन अस्पतालका डाक्टरले कार्बन प्वइजिङका कारण अर्थात् कोइला बालेर सुतेकाले निसासिएर ज्यान गएको बताएका ललितपुरका प्रहरी प्रवक्ता एवम् एसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।
डाक्टरका अनुसार ज्यान जानुमा अरू कारण खासै देखिएको छैन । गम्भीर अवस्थाका तामाङको अहिले पनि उपचार चलिरहेको छ । हिजो आइतवार बेलुका खाना खाएर सुतेका ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुकी काइली स्याङ्तान, उहाँकी बुहारी शुष्मा, नाति आशिष, नातिनी आश्मा र दुई दिनको शिशुको आज सोमवार बिहान ज्यान गएको हो ।







प्रतिक्रिया लेख्नुहोस्