२०८३ बैशाख १९, शनिबार

सुतिरहेका बेला घरमा अचानक आगलागी, १४ वर्षीय किशोरको जलेर मृत्यु

आगलागीबाट बर्दियामा १४ वर्षीय बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका-९ खैरेनी निवासी १४ वर्षीय दिनेश चौधरीको आगलागीबाट मृत्यु भएको हो ।

बालक घरभित्रै सुतिरहेको अवस्थामा अचानक आगलागी भएपछि मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । सवा १० बजे राति जानकारी पाएको प्रहरी चौकी कर्तनियाबाट पुगेको उद्धार टोलीले राति पौने ११ बजे आगो नियन्त्रणमा लिएको हो ।

टिनले छाएको दुईकोठे कच्ची घरमा मैनबत्ती बालेर बालक घरमै बसेको र आमा छोरी ढोकामा चुक्कुल लगाएर छिमेकीको घर गएका बेला एक्कासी आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी शाहीले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्