सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका–५, ठाकुरे खोलामा आइतवार साँझ टिपर अनियन्त्रित भएर पल्टिँदा उदयरपुर कटारी–२ का १९ वर्षीय दीपेन्द्र कुमार र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डबी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ११ जना भने सामान्य उपचारपछि डिस्चार्ज भएको एसपी विमलराज कँडेलले जानकारी दिएका छन् । जन्ती बोकेको ना ३ ख ७४९० नम्बरको टिपर आइतवार साँझ सवा ८ बजे मेघौलीबाट कटारीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।
जन्ती बोकेको बस बिग्रिएपछि जन्तीलाई टिपरमा चढाइएको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्