२०८३ असार १२, शुक्रबार

मोटरसाइकल टिपरमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

दाङको तुलसीपुर उपमहानगरपालिका–४ हरनेटीमा सवारी दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन्।

कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ८६७९ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे सोही दिशातर्फ जाँदै गरेको रा १ ख ११२३ नम्बरको टिपरलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको रा १ क ५६५ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सल्यानको कपुरकोट गाउँपालिका–३ का २० वर्षीय आकाश सेनको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार दाङको तुलसीपुरका २१ वर्षीय उत्तम केसीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै टिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्