रमनउल्लाह गुरुबाजले काठमाडौं किंग्स–११ का लागि अर्धशतक प्रहार गरेका छन् ।
शनिबार कीर्तिपुरमा काठमाडौंका लागि ओपनरमा आएका उनले अर्धशतक प्रहार गरेका हुन् । २४ बलमा चार चौका र चार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका छन् ।
एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटको उद्घाटन खेलमा ललितपुर प्याट्रियाट्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि गुरुबाजसँगै क्रिजमा रयान बुरी खेलिरहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्