२०८३ बैशाख १२, शनिबार

र्‍यान वर्लले काठमाडौं किंग्स–११ का लागि अर्धशतक प्रहार गरे

र्‍यान वर्लले काठमाडौं किंग्स–११ का लागि अर्धशतक प्रहार गरेका छन् । शनिबार कीर्तिपुरमा काठमाडौंका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले अर्धशतक पूरा गरेका हुन् ।

२७ बलमा एक चौका र ६ छक्का प्रहार गर्दै वर्लले अर्धशतक पूरा ।यसअघि, काठमाडौंका लागि ओपनरमा आएका रमनउल्लाह गुरुबाजले पनि टिमका लागि अर्धशतक प्रहार गरेका थिए । उनले २४ बलमा चार चौका र चार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटको उद्घाटन खेलमा ललितपुरले दिएको १५८ रनको लक्ष्य पछ्याएको काठमाडौं किंग्स–११ का लागि वर्लसँगै क्रिजमा राजु रिजालले खेलिरहेका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्