२०७९ मंसिर १२, सोमवार
Election commission

प्रिमियर लिगका यस साताका खेलहरु स्थगित

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनको सम्मानमा इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत यस साताको खेलहरु स्थगित भएका छन् ।

महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । एलिजावेथले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् ।

बेलायतमा यस साताका सबै खाले खेलहरु स्थगित भएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्