२०८० मंसिर २३, शनिबार

नेपाल र बंगलादेश ‘ए’ टिमबीच क्रिकेट सिरिज गर्ने क्यानको तयारी

नेपालले बंगलादेश ‘ए’ टिमसँग घरेलु मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न प्रस्ताव गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दशैं लगत्तै घरेलु मैदानमा बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने तयारी अघि बढाएको क्यानका कार्यवाहक सचिवले बताएका छन् । नेपाल टी–२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले अभ्यासका बंगलादेशसँग शृंखलाको प्रस्ताव राखेको हो ।

‘हामीले उनीहरुसँग सिरिज खेल्न कुरा गरिरहेका छौं । पक्का भने भइसकेको छैन छिट्टै केही निष्कर्ष आउनेछ,’ क्यानका सचिवले भने । नेपालले तीन एकदिवशीय अभ्यास खेलको लागि बंगलादेशको ‘ए’ टिमलाई प्रस्ताव गरेको हो । नेपाली टिमलाई एकदिवशीय फम्र्याटमा अभ्यास गराउनका निम्ति यो सिरिज प्रस्ताव गरिएको मल्लले बताएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्