२०८० चैत्र १३, मङ्लबार

पाकिस्तानविरुद्ध इंग्ल्यान्डलाई शृंखला

घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी-२० शृंखला भ्रमणकारी टोली इंग्ल्यान्डले ४–३ ले जितेको छ।

आइतबार राति अन्तिम खेल इंग्ल्यान्डले ६७ रनले जित्यो। २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो। पाकिस्तानका शान मासुदले ५६ रन तथा खुशदिल शाहले ३७ रन बनाए। इंग्ल्यान्डका क्रिस वोक्सले ३ विकेट लिए। यसअघि टस हालेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाए।

इंग्ल्यान्डका डेविड मालनले अविजित ७८ रन बनाए। ह्यारी ब्रुकले अविजित ४६ रनको योगदान गरे। पाकिस्तानका मोहमद हस्नेनले १ विकेट लिए।

प्रतिक्रिया लेख्नुहोस्