२०८१ बैशाख ६, बिहिबार

गुगललाई पछि पार्दै टिकटक बन्यो लोकप्रिय

गुगललाई पछि पार्दै टिकटक अनलाइनमा सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ।

सूचना प्रविधि सुरक्षा कम्पनी क्लाउडफ्लेयरका अनुसार मानिसहरुले सर्च इन्जिनभन्दा धेरै टिकटक हेर्न थालेका हुन्। क्लाउडफ्लेयरका अनुसार यस वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा र गत अगष्टयता गुगललाई पछि पार्दै टिकटक पहिलो स्थानमा छ।

गत वर्ष गुगल पहिलो स्थानमा थियो भने टिकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स पनि शीर्ष १० मा अटाएका थिए।

प्रतिक्रिया लेख्नुहोस्