२०८३ बैशाख २५, शुक्रबार

एटीएम मसिन तोडफोड गरेको आरोपमा दुई युवक पक्राउ

एटीएम तोडफोड गरेको आरोपमा विरगञ्जबाट दुईजना पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका-८ घण्टाघरस्थित लिंक रोडमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथको ढोकाको सिसा तोडफोड गरेको आरोपमा प्रहरीले २९ वर्षीय राम सुगम मुखिया र २८ वर्षीय नागेन्द्र मुखियालाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्