गायक जीवन परिवेशको ‘ए माया’ गीतको भिडियो सार्वजनिक भएको छ । आज मंगलबार उक्त गीतको म्युजिक भिडियो सार्जवनिक भएको हो । ए माया गीतमा बरिष्ट संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा चर्चित टिकटक स्टार उषा उप्रेतीले अभिनय गरेका छन् ।
अनौपचारिक रुपमा धेरै गीत मा आवाज दिईसकेता पनि गायक जीवन परिवेशको यो पहिलो आधिकारिक गीत हो । वर्ष २०७८ कै सर्बोत्कृष्ट गीत बन्न सफल “सुनेको दरबार “ का संगीतकार दीपकराज विश्वकर्माले यस ‘ए माया’ बोलमा संगीत भरेका छन् । बिशेष गजल विधामा कलम चलाउने बरिष्ठ गजलकार सुमन स्मारिकाको सुन्दर शब्दहरुमा बरिष्ठ भिडियो निर्देशक भने युबराज वाइबाको रहेको छ ।
यस गीतमा राम्री हुन सिंगार पटार चाइदैन,आफ्नो मान्छे उसै राम्रो हुन्छ । मनको सफा , मान्छे लाई गाजल टिका , सिन्दुर अत्र यी सब चिज आवश्यकता नै पर्दैन । उ आफै राम्रो र सुन्दर हुन्छ ।
प्रकृतिले दिएको यो रुप उसै राम्रो छ मात्र मान्छेको सोचाइ र दृष्टिकोण सकारात्मक हुनु पर्छ, यस्तै यस्तै भाव बोकेको गीत यसमा देखाइएको छ । यस गीत जीवन परिबेश अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्