२०८० चैत्र १६, शुक्रबार

मेक्सिकोमा सडक दुर्घटनामा १८ जनाको मृ’त्यु

मेक्सिकोको उत्तरपूर्वी राज्य तामाउलिपासको राजमार्गमा इन्धन बोकेको ट्यांकरले बसलाई ठक्कर दिँदा कम्तीमा १८ जनाको मृ’त्यु भएको छ ।

ठक्करपछि दुवै सवारीसाधन पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् । दुर्घटना लगत्तै राजमार्ग बन्द गरि अनुसन्धान थालिएको छ । दुर्घटनापछि ट्रकका चालक फरार रहेको र उनको खोजी भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

खराब सडक संरचनाका कारण मेक्सिकोमा हरेक बर्ष सडक दुर्घटना हुँदा सयौंको मृ’त्यु हुने गरेको छ । यस वर्षको जनवरीदेखि जुलाईसम्म मात्र मेक्सिकोमा सवारी दुर्घटनामा ९ हजार ३ सय बढीको मृ’त्यु भइसकेको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्