२०८३ बैशाख १३, आइतवार

सिरहामा मेयरका छोराले राति घरमैं पसेर दलित परिवारलाई कुटे

सिरहामा मेयरका छोराबाट एक दलित महिला कुटिएकी छन् ।कल्याणपुर नगरपालिकाका निलम्बित मेयर सूर्यनाथ मण्डलका छोरा सहितको समुहले महरा परिवारमाथि मरणासन हुनेगरी कुटपिट गर्दै अभद्र व्यवहार गरेका छन् ।

रक्सिले मातेका निलम्वित मेयरका कान्छा छोरा दिनेश मण्डल, मेयरका भाई विष्णु मण्डलका छोरा राकेश मण्डल सहितका समूहले कल्याणपुर नपा ३ का कृपाल महराकी ४० वर्षीया श्रीमती सीता देवी महरा र १६ वर्षीय छोरा जितेन्द्र महरालाई कुटपिट गरेको हो । मेयर सूर्यनाथ मण्डल एक वर्षअघि अख्तियार दुरुपयोगको मुद्दामा निलम्वनमा छन् । रक्सिले मातेका उनीहरुले शुक्रबारराति ११ बजे आमा र छोरालाई दलित बस्तीमा गएर मरणासन हुनेगरी कुटपीट र अभद्र व्यवहार समेत गरेको उनीहरुले जनाएको छ ।

रक्सिले मातेका उनीहरुले दलित बस्तिमा जथाभावी माटोको डल्ला र ढुङ्गा फालिरहेको समयमा दलित महिलाले यति राति कसले मेरो घरमा ढुङ्गा हानेको भन्न नपाउँदै नसामा रहेका उनीहरुले महरा आमा छोरालाई अभद्र व्यवहार गर्दै मरणासन हुने गरि कुटपिट गरेको बताइएको छ । कुटपिट घाईते जितेन्द्र महराका अनुसार रक्सीखाएर मेरो आमालाई कसले काम दिन्छ भन्दै गाली गर्नुका साथै घिसारी कुटपिट गरेको बताए ।

त्यहि क्रममा मैले आमालाई किन कुटेको भन्दै प्रतिकार गर्न खोज्दा मलाई पनि कुटपिट गरेको सुनाए । घाईते आमा, छोराको उपचार कल्याणपुर ११ स्थित एक स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । घटनाकै क्रममा कल्याणपुर ईलाका प्रहरिकार्यालय कल्याणपुरलाई फोन गर्दा समेत कुनै वास्ता नगरेको गुनासो गरेको छ । घटनाबारे ईलाका प्रहरि कार्यालय कल्याणपुरमा जाहेरी परेको बताइएको छ । कल्याणपुर प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको जनाएको छ ।

दलित अधिकारकर्मी तथा दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले दलित महिलामाथि गरेको अभद्र व्यहार र कुटपिट गरेको घटनालाई सुक्ष्म तरिकाले छानविन गर्नु पर्ने माग गरेको छ । उनले दोषीमाथि कार्वाही हुनुपर्ने बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्