चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं थलीबाट चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको हो ।
मोटरसाइकल धनी खोटाङ घर भई काँडाघारी बस्ने सञ्जीव राईले बिहीबार अपराह्न ४ बजे पार्किङ गरी राखेको अवस्थामा लभडाँडा काडाघारीबाट हराएको उजुरी दिएका थिए । सोही आधारमा खोजतलास गर्दै जाँदा महाशाखाले थलीमा मोटरसाइकल फेला पारेको हो ।
मोटरसाइकल चोरीमा संलग्न तिनै जनालाई मोटरसाइकलसहित महानगरीय प्रहरी वृत्त बानेश्वरमा थप अनुसन्धान एवम् कारबाहीका लागि पठाएको ट्राफिक महाशाखाले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्