जुवा खेलेको आरोपमा प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा-७ बाट १३ जना पक्राउ परेका छन् ।
हरहमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीवाट खटिएको टोलीले उनीहरुलाई गएराति पकाउ गरेको हो ।
उनीहरुको साथबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । यस्तै जुवा खेल्न प्रयोग हुने विभिन्न उपकरण समेत बरामद भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्