प्रदेश १ मा थप २ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ सय २० जनाको पीसीआर परीक्षण गर्दा १ सय ६७ र ५ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय २५ महिला र १ सय २१ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्