दैलेखमा अरिङ्गालकोे टोकाइबाट एक पुरुषको मृत्यु भएको छ। दैलेखको विकट गाउँ तोलिजैसीमा अरिङ्गालकोे टोकाईबाट शनिवार एक जनाको मुत्यु भएको हो।
ठाँटीकाँध गाउँपालिका-५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षकले जानकारी दिएका छन् । शुक्रवार दिउँसो छोराको सर्टिफिकेट लिन विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा घाइते भएका शाहीलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आइसीयुमा राखी उपचार थालिएको हो।
उनको शनिवार आइसीयुमै मृत्यु भएको डिएसपीले बताएका छन् । मृतक देवबहादुर शाही विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको भ्रातृ संगठन ‘नेपाल किसान संघ (क्रान्तिकारी)’का जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य थिए।







प्रतिक्रिया लेख्नुहोस्