२०८३ असार ५, शुक्रबार

काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा कतारी नागरिकको शव फेला

काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा शव भेटिएको छ । होटलको एक कोठामा शव भेटिएको खबर आएपछि अहिले डीएसपी रामेश्वर पौडेलको नेतृत्वमा प्रहरी टोली पुगेको छ ।

मृतक कतारी नागरिक भएको प्रहरीले बताएको छ । चार दिनअघि काठमाडौं आएका उनी बुधबार फर्किने होटलमा जानकारी गराएका थिए । तर दिउँसो १२ बजेसम्म बाहिर ननिस्किएपछि होटलका कर्मचारी हेर्न गएका थिए । प्रहरीका अनुसार ढोका भित्रबाट लक गरिएको र नखोलेपछि खोलेर हेर्दा ओछ्यानमा ढलिरहेका थिए ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजीले घटनाबारे कतारी दूतावासलाई जानकारी गराइएको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्