२०८३ असार ५, शुक्रबार

पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेका युवा पक्राउ

काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेका युवा पक्राउ परेका छन् । ती युवालाई आज प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई आज काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको हो ।

उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षकले जानकारी दिएका छन् । रासस

प्रतिक्रिया लेख्नुहोस्