सार्वजनिक सवारी भित्र पाकेटमारी गर्ने २०७ जनालाई प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरीले सार्वजनिक सवारी साधन र बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
सार्वजनिक सवारीसाधनमा यात्रुहरू, किनमेल गर्न गएका सर्वसाधारणहरूको नगद, मोबाइल, गरगहना चोर्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । भदौ २५ देखि असोज १५ सम्म पक्राउ परेकामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको, ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कारागार चलान भएको प्रहरी परिसरले जानकारी दिएको छ ।
पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कारागार चलान गरेको परिसरले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्