२०८३ बैशाख १९, शनिबार

नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट मानव अंग बरामद

नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट प्रहरीले मानव अंग बरामद गरेको दावी गरेको छ । भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएको मोरङका प्रहरी प्रमुख एसपीले जानकारी दिएका छन् । बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले सोमबार राति भ्यानबाट शंकास्पद वस्तु फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ती वस्तु मानिसको खप्पर र हातखुट्टाको हड्डी रहेको प्रहरीले निश्कर्ष निकालेको छ ।रातको समयमा भारतको जोगवनीबाट को २ च ९६४८ नम्बरको मारुती भ्यान ती सामग्री बरामद भएको थियो ।

कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान गरेपनि वन्यजन्तु विज्ञ र चिकित्सकले मानव अङ्ग भएको बताएका थिए । प्रहरीले भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भेनमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले सामान काठमाडौंँ लैजाने तयारी रहेको बयान दिएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपीलेघटनाको अनुसन्धान भइरहेको बताएका छन् । ती वस्तु कता लैजान खोजिएको भन्ने नखुलेको उनले बताएका छन् । पक्राउ परेकाहरु भरिया रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ । उनीहरुले काठमाडौंँसम्म लैजाने वयान दिएपनि के मा प्रयोग हुन्छ भन्ने खुलाएका छैनन् ।

मानव हड्डीको प्रयोग धामी–झाक्रीले बेला बेला प्रयोग गर्छन् । तर ठूलो परिणाम भेटिएकाले प्रहरीले चीततर्फ तस्करी गर्न खोजेको बताएको छ । प्रहरी उपरीक्षकका अनुसार विगतमा चीनतर्फ यस्ता सामग्री तस्करी भएको थियो । उनले विस्तृत अनुसन्धान सकिएपछि थप विषय खुल्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्